

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बुधबार बस्दै छ। मंङ्गलबार बस्ने भनिएको सचिवालय बैठकमा गृहकार्य नपुगेको भन्दै बुधबारलाई सारिएको थियाे । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा विभागका नेतृत्व, पोलिटब्युरो गठनलगायतका विषय टुंगो लगाउने नेकपाले जनाएको छ।
कसले कुन विभागमा बस्ने भन्ने रुचि अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले सोधिसकेका छन् । प्रधानमन्त्री ओलीले सिंगापुरबाट फर्किएपछि गृहकार्य गरेका कारण बुधबार टुंगो लगाउन सक्ने पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए।
स्कुल विभागमा देखिएको विवादको पनि समाधानको पहल आजको बैठकले गर्ने बताईएको छ । इश्वर पोखरेल र प्रवक्ता श्रेष्ठले स्कुल विभागमा रुचि देखाएको कारण सो विभाग नेतृत्वविहिन छ ।
