नेकपाको बैठक फेरी सर्‍यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पुनः स्थगित भएको छ । यसअघि मंगलबार बस्ने भनेर तय भएको बैठक आजका लागि सारिएको थियोे । शिर्ष नेताहरुबीच गृहकार्य गर्नुपर्ने भएकाले बैठक बिहिबारका लागी सारिएको बालुवाटार स्रोतले जनाएको छ ।

सचिवालय बैठक अघि आज बिहान नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्प कमल दाहाल प्रचण्ड लगाएतका नेताहरुबीच छलफल भएको थियो । छलफलमा थप गृहकार्य गर्नुपर्ने भएकाले बैठक भोलिका लागि सार्ने सहमति भएको हो ।



स्कुल विभागमा आकाक्षीको व्यवस्थापन गर्न नसक्दा सचिवालय बैठक पटक पटक प्रभावित हुँदै आएको छ । यसअघि साउन १३ गतेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे भएको छलफलमा केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको
थियो ।

सम्बन्धित समाचार