पत्रकार रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार लामिछाने र युवराज कँडेललाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई बिहीबार साँझ पक्राउ गरेको हो ।
माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बाहिरिएको भिडियोपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। पुडासैनीले भिडियोमा आफूलाई आत्महत्याका लागि लामिछानेसहित तीन जनाले दुरुत्साहन गरेको आरोप लगाएका छन्। यसअघि पुडासैनीले आरोप लगाएका तीनमध्ये अस्मिता कार्कीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।