रवि लामिछानेसहित तीनै जनालाई आज चितवनको अदालतमा पेस गरिने

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा हिजो पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई चितवन पुर्‍याइएको छ।

हिजो बिहीबार टेलिभिजन कार्यालयबाटै पक्राउ परेका लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई कडा सुरक्षाबीच मध्यराति नै चितवन जिल्ला प्रहरी कार्यालय पु-याइएको हो।



चितवन प्रहरीका अनुसार उनीहरूलाई आज चितवन जिल्ला अदालतमा पेस गरिनेछ ।

एसपी दानबहादुर मल्लले भने, “मोबाइलमा खिचिएको भिडियोको फरेन्सिक रिपोर्ट आएको छ। पोस्टमार्टम रिपोर्ट पनि आउँछ।”

रवि लामिछानेका कानुन व्यवसायी र परिवारका सदस्य पनि चितवन पुगेका छन्।

तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा अन्य थनुवालाई सरह राखिएको छ।

पत्रकार पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

सम्बन्धित समाचार