नेकपाद्वारा नेताहरु कसलाई कुन जिम्मेवारी तोकियो ? (सूचीसहित)

लामो विवाद र रस्साकस्सीपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ३३ वटा केन्द्रीय विभागको नेतृत्व गर्ने नेताहरूको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको सचिवालय बैठकले महत्त्वपूर्ण विभागको नेतृत्व सचिवालय सदस्यहरूले गर्ने गरी जिम्मेवारी टुंगो लगाएको हो ।

पार्टीभित्र सबैभन्दा शक्तिशाली मानिने संगठन विभागको नेतृत्व सचिवालय सदस्य वामदेव गौतमले पाएका छन् । एकभन्दा बढी नेताको दाबीका कारण निर्णयमा पुग्न कठिन भएको स्कूल विभागको नेतृत्वमा भने अन्ततः ईश्वर पोखरेललाई नै ल्याइएको छ ।



पोखरेलको नाममा चर्चा भएपनि सहमति हुन सकिरहेको थिएन । यसका अलावा विदेश विभागको नेतृत्व वरिष्ठ नेता माधवकुमार नेपालले पाउँदा नीति तथा अध्ययन प्रतिष्ठानमा झलनाथ खनाललाई जिम्मेवारी तोकिएको छ ।

प्रचार विभागको जिम्मा नारायणकाजी श्रेष्ठ र अर्थ तथा योजना विभागको जिम्मा सुरेन्द्र पाण्डेले पाएका छन् ।

सम्बन्धित समाचार