संचारकर्मी रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि नै लागू हुनेगरी ५ दिन हिरासतमा राख्न म्याद थप गरेका हुन् ।
बिहिबार पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले आज अदालतमा पेश गरेको थियो । उनीहरुलाई हिजो काठमाडौँबाट पक्राउ गरि राती चितवन पुर्याइएको थियो ।
यसै बीच चितवन प्रहरी कार्यालय अगाडि रविका समर्थकहरुले नाराबाजी गरेका थिए । उनीहरुले अनुसन्धानपूर्व नै भिडियो सार्वजनिक गरिएको भन्दै चितवन प्रहरी प्रमुख र गृहमन्त्रीको राजीनामा माग गरेका थिए ।
पुडासैनीको शव चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा फेला परेको थियो । बिहिबार नै पुडासैनीको भिडियो फुटेज सार्वजनिक भएपछि प्रहरीले रविसहित ३ जनालाई पक्राउ गरि अनुसन्धान थालेको हो।