गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको विविधतायुक्त जातीय संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताएका छन् ।
नेवा खल कास्कीद्वारा महेन्द्रपुलमा आयोजित तायाः मचा नृत्य प्रतियोगिताको उद्घाटन गर्दै उनले सदियौँदेखि बस्दै आएका जातजाति सम्वद्ध मौलिक संस्कृति मुलुकका अमूल्य सम्पत्ति भएको बताए । संस्कृतिको जगेर्नाले इतिहास, संस्कार एवम संस्कृतिलाई जीवन्त राख्न सकिने उहाँको भनाइ थियो । ‘यसको संरक्षण हामी सबैको साझा दायित्व हो’, उनले भने ।
विभिन्न चाडपर्व, संस्कृति, वेषभूषा, धार्मिक मेला, महोत्सव र सीपमा नेवार जाति समृद्ध रहेको मुख्यमन्त्री गुरुङले बताए। मौलिक पर्व तथा संस्कृतिले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने उनले विश्वास व्यक्त गरे । मुलुकको विविध संस्कृति र सीपलाई जगेर्ना गर्दै आधुनिकतामा विशिष्टिकरण गरी नयाँ पुस्तालाई हस्तान्तरण गरिनुपर्नेमा उनले जोड दिए ।
नेवा खल कास्कीका उपाध्यक्ष एवम संस्कृतिविद् तीर्थ श्रेष्ठले रञ्जन लिपी नेपालको संस्कृति भएकाले यसको जगेर्ना गर्नका लागि सरोकारवालाको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गरे । कार्यक्रममा पोखरा बजारमा गाईजात्रालगायत विभिन्न पर्व र संस्कृतिको संरक्षणमा उल्लेखनीय योगदान पुर्याउने नेवार समुदायका अग्रजहरुलाई सम्मान गरिएको थियो ।