प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, यस्ता छन् बैठकका एजेण्डा

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । लामो समयदेखि अड्किएको संक्रमणकालीन न्यायसम्बन्धी विषयको टुंगो लगाउन उनले सर्वदलीय बैठक बोलाएका हुन्। प्रधानमन्त्रीले मंगलबार अपरान्ह ५ बजेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी बाँकी विषय टुंग्याउन सर्वदलीय बैठक बोलाएका हुन् ।

त्यसैगरी प्रधानमन्त्रीले बुधबार ५ बजेका लागि नेपाल कम्युनष्टि पार्टी (नेकपा) र नेपाली कांग्रेसको बैठक बोलाएका छन्। यी दुवै बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्नेछन्। सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त नगरिँदा अन्तर्राष्ट्रिय समुदायले नेपालमाथि दबाब बढाइरहेको सन्दर्भमा सर्वदलीय बैठक बोलाइएको हो।



यी दुईवटा आयोगका लागि नेकपा र कांग्रेसबीच लामो समयदेखि छलफल भइरहेको छ। दुईमध्ये सत्यनिरूपणका प्रमुख नेकपा र बेपत्ता खोजबिनमा कांग्रेसनिकट नियुक्त गर्नेबारे दुई दलका नेताबीच छलफल भइरहेको छ । सत्यनिरूपणको प्रमुखमा गोविन्द बन्दी र बेपत्तामा सूर्य ढुंगेलको नाम चर्चामा छ ।

सम्बन्धित समाचार