सरकारले १६ जना सचिवहरूको एकसाथ सरूवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवासँगै ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयका मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेको छ।
उनको सरूवा भएपछि केदारबहादुर अधिकारीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ मन्त्रिपरिषद स्रोतले बताएको छ। अधिकारी यसअघि वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए।
सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्याललाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको। सार्वजनिक खरिद पुनरावलोकन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौडेलको वित्त आयोगमा सरुवा भएको छ।
त्यसैगरि सचिवमा बढुवा भएका सहसचिवहरु : तोयम राय, तोयानारायण ज्ञवाली, शिवहरि शर्मा र रवीन्द्र श्रेष्ठ रहेका छन्।
कुन सचिव कुन मन्त्रालयमा ?
क्रसं. सचिवको नाम कार्यरत मन्त्रालय सरूवा भएको मन्त्रालय
१ केदारबहादुर अधिकारी वाणिज्य तथा आपूर्ति नागरिक उड्डयन
२ मोहनकृष्ण सापकोटा संस्कृति पर्यटन सार्वजनिक खरिद अनुगमन
३ बैकुण्ठ अर्याल राष्ट्रिय प्राकृतिक आयोग वाणिज्य तथा आपूर्ति
४ वेगेन्द्रराज शर्मा पौडेल सार्वजनिक खरिद वित्त आयोग
५ खगराज बराल शिक्षा मन्त्रालय स्वास्थ्य तथा जनसंख्या
५ महेशप्रसाद दाहाल श्रम शिक्षा मन्त्रालय
७ रामप्रसाद थपलिया स्वास्थ्य तथा जनसंख्या युवा तथा खेलकुद
८ महेन्द्र गुरागाइँ लोकसेवाबाट आयोग अनुगमन कार्यालय
९ डा. हरि पौडैल मन्त्रिपरिषद् कार्यालय राष्ट्रपति कार्यालय
१० विनोद केसी राष्ट्रपति कार्यालय श्रम तथा रोजगार
११ डा सञ्जय शर्मा सिँचाई विज्ञान तथा प्रविधि
१२ माधव वेल्बासे राष्ट्रिय सतर्कता केन्द्र खानेपानी मन्त्रालय
१३ गोपीनाथ मैनाली भूमिसुधार मन्त्रालय महालेखा नियन्त्रक
१४ सूर्यप्रसाद गौतम महालेखा नियन्त्रक भूमिसुधार मन्त्रालय
१५ आनन्दराज ढकाल प्रदेश ३, प्रमुख सचिव लोकसेवा आयोग
१६ डा. तीर्थराज ढकाल प्रदेश ५, प्रमुख सचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को का