नेपाल-भारत संयुक्त आयोगको बैठक, पुनःनिर्माणका लागि दुई अर्ब ४५ करोड हस्तान्तरण

नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक बुधबार साँझ बसेको छ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहेको थियो । बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुर्याउन मद्दत पुुग्नेगरी गहन विचारविमर्श भएको बताईएको छ ।

तीन वर्षपछि भएको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरवलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तार तथा पारस्परिक सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।



पुनःनिर्माणका लागि रु दुई अर्ब ४५ करोड
बैठककै क्रममा भूकम्पपछिको पुनःनिर्माणका लागि भारत सरकारले रु दुई अर्ब ४५ करोडको चेक हस्तान्तरण गरेको छ । भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्कर र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले उक्त रकमको चेक हस्तान्तरण गरे ।

यसैगरी हुलाकी राजमार्ग निर्माणका लागि रु ८१ करोडको चेक नेपाल सरकारलाई हस्तान्तरण भएको छ । नेपाल र भारतबीच खाद्य सुरक्षा तथा गुणस्तरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ । भारतको खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरणका महानिर्देशक राजीवकुमार जैन र खाद्य प्रविधि तथा गुणस्तर विभागका महानिर्देशक मतिना जोशी वैद्यले समझदारीपत्रमा हस्ताक्षर गरे ।

सम्बन्धित समाचार