भारतीय विदेशमन्त्री जयशंकरद्वारा पशुपतिनाथ मन्दिरमा पूजा

भारतीय विदेशमन्त्री एस. जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । विदेशमन्त्री जयशंकरले झण्डै आधा घण्टा पूजा गरेका थिए । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिपक ढकालले विदेशमन्त्री जयशंकरलाई मायाको चिनो स्वरुप शिवलिंग प्रदान गरेका थिए ।

विदेशमन्त्री जयशंकरसँगै नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी र डेपुटी चिफ अफ मिसन डा.अजय कुमार पनि पशुपति मन्दिर गएका थिए । जयशंकर बिहीबार दिउँसो ३ बजे स्वदेश फर्किने कार्यक्रम छ ।



सम्बन्धित समाचार