राष्ट्रपति भण्डारी र नेकपा अध्यक्ष प्रचण्डबीच शीतल निवासमा डेढघण्टा छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शीतल निवासमा भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच डेढघण्टा लामो भेटवार्ता भएकोे प्रचण्डको सचिवालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डसँगको भेटको क्रममा समसामयकि विषयमा कुरा भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताए ।



पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउन समेत राष्ट्रपतिले भूमिका खेलेको चर्चा भइरहेका बेला अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला अध्यक्षको जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डले भेटवार्तालाई तिब्र बनाएका हुन् ।

सम्बन्धित समाचार