म्याच फिक्सिंग आरोपमा हङकङका दुई क्रिकेटरलाई आजिवन प्रतिबन्ध

हङकङका दुई क्रिकेटरलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आजिवन प्रतिबन्ध लगाउने निर्णय गरेको छ। राष्ट्रिय टिमका सदस्य समेत रहेका इरफान अहमद र नदीम अहमदलाई म्याच फिक्सिंङको आरोपमा आजीवन प्रतिबन्ध लगाएको हो। त्यस्तै अर्का क्रिकेटर हसिब अमजदलाई ५ वर्षे प्रतिबन्ध लगाएको छ। इरफानलाई आईसीसीको एन्टी करप्सन कोड अन्तर्गत ९ वटा आरोपमा दोषी प्रमाणित गरेको छ। त्यस्तै नदिम र अमजदलाई ३ वटामा आरोपमा दोषी भएको जनाएको छ।

आईसीसीले जारी गरेको प्रेस विज्ञप्तिमा लामो र जटिल अनुसन्धान पछि क्रिकेटरहरुले गरेको कर्तुत बाहिर ल्याएको जनाएको छ। आईसीसीले भनेको छ ‘हंगकङले स्कटल्याण्ड र क्यानडासंग ९२०१४ विश्वकप छनोट ० खेलेको खेलको केहि ओभरहरुमा फिक्सङ गरेका थिए। उक्त खेल हङकङलेनै जितेको थियो, यद्यपि प्रतियोगिताको नतिजामा असर गरेको थिएन तर खेलाडीहरुले गरेको फिक्सीङ जस्तोसुकै भएपनि माफ गर्न सकिन्न।’



सम्बन्धित समाचार