मेसी र रोनाल्डोलाई पछि पार्दै भान डाइक बने वर्ष खेलाडी

लिभरपुलका डिफेनडर भर्गिल भान डाइकले युईएफए वर्ष खेलाडीको उपाधि जितेका छन्। उनले स्टार खेलाडीहरु मेसी र रोनाल्डोलाई पछि पार्दै उपाधि हात पार्न सफल रहे। युरोपियन क्लब फुटबलमा गत सिजनका उत्कृष्ट खेलाडी घोषित हुँदै डाइकले यो अवार्ड हात पारेका हुन्।

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले बिहिबार मोनाकोमा डायकलाई प्लेयर अफ दि इयर अवार्ड प्रदान गरेको छ। युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा युईएफएले डाइकलाई अवार्ड दिएको हो।डाइकले ३०५ अंक पाए भने मेसीले २०७ र रोनाल्डोले ७४ अंक प्राप्त गर्न सफल भए। डच डिफेन्डर डाइकले यस सिजन लिभरपुलबाट च्याम्पियन्स लिग जितेका थिए।



उनले नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुराउन समेत महत्वपुर्ण योगदान दिएका थिए। युईएफए प्लेयर अफ दि इयर अवार्ड पाउने डाइक पहिलो डच खेलाडी समेत बन्न सफल भए। यस्तै डाइकले डिफेन्डर अफ दि सिजन अवार्ड समेत जितेका छन्। महिलातर्फको वर्ष खेलाडी अवार्ड इंग्ल्याण्डकी लुसी ब्रोन्जले जितिन्। डिफेन्डर ब्रोन्ज फ्रेन्च क्लब ओलम्पिक लियोनेसबाट प्रतिष्पर्धा गर्ने गरेकी छिन्।

सम्बन्धित समाचार