प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्माणाधिन खानेपानी आयोजना र काठमाडौं–तराई द्रुतमार्गको निर्माण प्रगति तथा खर्च प्रक्रियाबारे अध्ययन थालेको छ ।
समितिको साउन ५ को बैठकले यी दुई आयोजनाको कागजपत्र झिकाने निर्णय गरेको थियो । समितिको निर्देशनअनुसार खानेपानी मन्त्रालयले मेलम्चीको विवरण पेश गरेको छ ।
मेलम्चीपछि द्रुतमार्गका विषयमा सरकोकारवालासँग सोधपुछ हुने समितिका सचिव रोजनाथ पाण्डेले बताएका छन् । यो समाचार कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन् ।