ह्याकरको निशानामा परेपछि सुरक्षा खतराबाट बच्न नेपाली बैंकले अनिश्चित कालका लागि एटीएम बन्द गराएका छन्।
गएराति प्रहरीले एटीएमबाट पैसा चोर्दाचोर्दै पाँच जना चिनियाँ नागरिकलाई दरबारमार्ग क्षेत्रबाट पक्राउ गरेपछि सुरक्षा खतरा बढेको भन्दै बैँकले एटिएम सिस्टम बन्द गराएका हुन्। एटिएम बन्द भएपछि सेवाग्राही प्रभावित भएका छन्।
सुरक्षा खतराका कारण बैंकहरुले तत्कालका लागि एटिएम बन्द गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए।
प्रहरीले ५ चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ र ९ हजार अमेरिकी डलर समेत बरामद गरेको थियो।