समृद्धिको लागि सिभिल बैंक भन्ने नारा सहित अगाडी बढी रहेको सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा चर्चित हाँस्यकलाकार एवं प्रस्तोता सन्दिप क्षेत्री केहि समय अघि प्रशारण भएको “को बन्छ करोडपति” टिभि कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रममा रु एक लाख साठी हजार नगद पुरस्कार जितेका थिए । सो रकममा थप गरी जम्मा रु तीनलाख पुर्याई गतवर्ष आएको हावा–हूण्डरी प्रभावित विद्यालयको संरचना मर्मत गर्नको लागि प्रदान गरिने वाचा गरिएको थियो ।
एक कार्यक्रमकाविच पर्सा, खुतुवापर्र्सौनीको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई विद्यालय भवनको छत मर्मतको लागि सो रकम हस्तान्तरण गरिएको छ । सो रकम सिभिल बैंकका प्रमुख माईक्रो बैंकिङ्ग युवराज गुरागाईंले विद्यालयका प्रधानाध्यापक रामेश्वर प्रसाद यादवलाई हस्तान्तरण गरे। यस अघि पनि श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,जितपुर,बाराको छत मर्मतको लागिबैंकले रकम प्रदान गरेको थियो ।
सिभिल बैंकले समाजप्रतिको उत्तरदायीत्व बहन गर्ने क्रममा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । त्यसका साथै आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमाचुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । हालसम्म बैंकको ९६शाखाहरु मार्फत सेवाप्रदान गरिरहेको कुरा बैंकले जनाएको छ ।