आइफोन प्रयोगकर्ताका लागि फ्रि सर्भिस क्याम्प तथा दशैं अफर

एप्पलको अधिकृत वितरक तथा सर्भिस सेन्टर जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रा. लि. ले एप्पलका प्रयोगकर्ताहरूका लागि ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । जेनेरेशन नेक्स्टले आइफोन प्रयोगकर्ताहरूको सुविधालाई ध्यानमा राखेर यही भदौ १५ गतेदेखि भदौ २० गतेसम्म निशुल्क सर्भिस क्याम्प आयोजना गर्न लागेको हो । ग्राहकहरूले शेर्पा मलमा रहेको आधिकारिक सर्भिस सेन्टर जेन नेक्स्टबाट उक्त सुविधा लिन सक्नेछन् ।

जेनेरेशन नेक्स्टले उक्त सर्भिस क्याम्पमा आफ्नो आइफोन देखाउने एप्पलका प्रयोगकर्ताहरूको लागि अफर पनि सार्वजनिक गरेको छ । जसमा पुरानो आइफोनबाट नयाँ आइफोनमा ब्याकअप ट्रान्सफरको सुविधा, सफ्टवेयरसँग सम्बन्धित सम्पूर्ण समस्याहरूको समाधान दिने, तथा आइफोन भित्र भएका डस्ट क्लिनिङ्ग लगायतको सेवा प्राप्त गर्न सकिने छ ।



जेनेरेशन नेक्स्टका प्रबन्ध निर्देशक पबन भिमसरीयाले भने ‘हामीले ग्रे आइफोनको आयातलाई रोक्न र आधिकारिक आइफोन किनेका ग्राहकहरूलाई सुविधा दिने उद्धेश्यले फ्रि सर्भिस क्याम्प आयोजना गरेका छौं ।’

‘हामीले ग्राहकहरूलाई नयाँ–नयाँ सुविधा दिइहेका छौं, नेपालमा अझै पनि जेन्यून प्रडक्टको बारेमा जानकारी छैन, त्यसैले आधिकारिक बिक्रेताबाट किनेको आइफोन मात्र फ्रि सर्भिस क्याम्पमा चेक गरिनेछ । अवैध रूपमा आइफोन बेच्नेहरूले नेपालमा रिफर्बिस्ड गरिएको एप्पल आइफोन भित्र्याएर ग्राहकहरूलाई ब्राण्ड न्यू भनेर बिक्री गरी ठगिरहेका छन्’ भिमसरियाले भने ।

जेनेरेशन नेक्स्टले दशैंको अवसरमा आइफोन खरिदकर्ताहरूको लागि स्क्र्याच कुपन पनि उपलब्ध गराएको छ । स्क्र्याच कुपन सेप्टेम्बर १० देखि नोभेम्बर १० तारिखभित्रमा आइफोन किन्ने ग्राहकहरूले प्राप्त गर्ने सक्नेछन् ।

सम्बन्धित समाचार