विश्व सुन्दरी ऐश्वर्याको चर्तिकला, निर्देशकलाई नै डिप्रेसनमा पुर्याइदिइन्

बलिउडका एक निर्देशक बलिउड सुन्दरी ऐश्वर्या रायका कारण एक समय डिप्रेसनमा पुगेको खबर सार्वजनिक भएको छ । फेसन, पेज थ्री र हिरोइनजस्ता फिल्म बनाएका बलिउड निर्देशक मधुर भण्डारकर ऐश्वर्या रायका कारण एक समय आफू डिप्रेसनमै पुगेको बताए ।

सन् २०११ मा मधुरसँग ऐश्वर्या रायले हिरोइन फिल्मका लागि साइन गरेकी थिइन् । तर, खुसी त्यतिवेला निशारामा परिणत भयो, जब ऐश्वर्याले प्रेगनेन्ट हुँदाहुँदै पनि फिल्म साइन गरेको मधुरले थाहा पाए । मधुरले प्रेगनेन्सीको खबर एक न्यूज च्यानलबाट थाहा पाएका थिए । फिल्मको सिनमा अभिनेत्रीले स्मोक गर्नुपर्ने थियो । अन्य त्यस्ता सिन पनि थिए, जसले गर्भवती महिलालाई हानि पुर्याउन सक्थ्यो । ‘फिल्म उद्योग विश्वासमा चल्छ, जसलाई ऐश्वर्याले तोडेकी थिइन्,’ मधुरले भने, ‘यस्तो थाहा भएपछि म आठ दिनसम्म अफिस गइनँ । हामीले सम्झौता रद्द गर्यौँ, यही कारण म डिप्रेसनमा गएँ ।’ यो फिल्म बनाउन मधुरले डेढ वर्षसम्म रिसर्च गरेका थिए ।



सम्बन्धित समाचार