साहो समीक्षकको दृष्टिमा सफल नबन्नुमा यी छन् कारण

सुपरस्टार प्रभासको बहुप्रतीक्षित फिल्म साहोलाई लगभग सबै समीक्षकले खोट लगाइरहेका छन् ।

प्रभासका प्रशंसकहरू उनलाई हेर्न अनि फिल्मका दमदार एक्सन सिक्वेन्स हेर्न हल गए । तर क्रिटिक्स र दर्शकले फिल्मलाई नकारे ।



फिल्मले राम्रै कमाइ गरिरहेको भए पनि प्रभासको बाहुबलीको जस्तो जादू यसमा चल्न सकेको छैन ।

धेरैजसो दर्शकले सुजीतको निर्देशन निकै कमजोर भएका कारण फिल्म राम्रो बन्न नसकेको प्रतिक्रिया दिए । कताकता गुजुल्टिएको कथा, औसत स्क्रीनप्ले र आवश्यकता भन्दा बढी ट्विस्ट एन्ड टर्नलाई दर्शकले पचाएनन् ।

हिन्दी भाषामा रिलिज भएको साहोमा प्रभास आफैंले हिन्दी बोलेको सुनियो । तर प्रभासले बोलेको हिन्दी धेरै दर्शकले मन पराएनन् । प्रभासको साटो अरू कुनै कलाकारले हिन्दी डबिङ गर्नुपर्थ्यो भन्ने धेरैको मत रह्यो ।

फिल्ममा प्रभास र श्रद्धा कपूरको केमिस्ट्री पनि दर्शकहरूलाई चित्त बुझेन । सामाजिक सञ्जालमा प्रभाससँग अर्कै कुनै कलाकारलाई लिनुपर्थ्यो भन्ने आवाज उठ्यो ।

आजकल धेरैजसो फिल्म डेढदेखि दुई घन्टाका हुन्छन् । तर साहो लगभग ३ घन्टाको छ । टाइट स्क्रीनप्ले नभएकाले दर्शक बीचैमा बोर हुन्छन् ।

फिल्ममा प्रभास र श्रद्धा बाहेक ज्याकी श्रााप, चंकी पाण्डे, महेश माञ्जरेकर, अरुण विजय र मन्दिरा बेदी जस्ता प्रतिभाशाली कलाकारको उपस्थिति छ । तर निर्देशकले ती कलाकारको उपयोग गर्न जानेनन् । एकदुई वटा दृश्यमा बाहेक सबै कलाकार व्यर्थ लाग्छन् ।

सम्बन्धित समाचार