अन्डरवर्ल्डको धम्कीको कारण इन्डस्ट्री छोडिन् यी हट नायिकाले

यदि त्रिदेव र विश्वात्मा फिल्म तपाईले हेर्नुभएको छ भने ओए ओए गर्ल सोनमलाई तपाईले कहिल्यै भुल्न सक्नुहुन्न । ९० को दशकमा सोनम एक बोल्ड एक्ट्रेसको रुपमा मानिएकी थिइन् । फिल्मका प्रोड्युसरहरु उनलाई आफ्नो फिल्ममा लिनको लागि उनको घरको चक्कर लगाउँथे । यो त्यस्तो समय थियो जब एक्ट्रेस बिकिनी लगाउनलाई डराउँथे । यदि कुनै हिरोइनले बिकिनी लगाइन् भने त्यो समाचारको हेडलाइन नै बन्ने गर्दथ्यो । हिजो सोनमको जन्म दिन थियो । सोनमको खास नाम वख्तावर खान हो । फिल्ममा आएपछि वख्तावरले आफ्नो नाम बदलेर सोनम राखिन् ।

सोनमले सन् १९८८ मा आएको फिल्म विजयबाट आफ्नो क्यारियरको शुरुआत गरेकी थिइन् । फिल्म चल्यो र सोनम पनि । यस फिल्ममा सोनमले जबर्जस्त किसिंग सीन दिएकी थिइन् र यसपछि उनको पहिचान एउटा बोल्ड एक्ट्रेसको रुपमा हुन थाल्यो । सोनम त्यस समयको साँच्चै नै लकी गर्ल थिइन जो पहिलो फिल्मबाट ने बलिउडमा तहल्का मच्चाउन सफल भइन् ।



विजय र त्रिदेव जस्ता फिल्महरुले उनलाई रातारात स्टार बनाइदियो । यति मात्र होइन त्रिदेवको गीत ओए ओए पछि उनलाई यही नामबाट बोलाउन थालियो । त्रिदेवको रिलीजको १ साल पछि एउटा फिल्म आयो मिट्टी और सोना । यस फिल्ममा सोनमको साथ चंकी पांडे थिए तर कसैले पनि उनलाई नोटिस गरेनन् । यस फिल्ममा पनि उनले निकै बोल्ड सिन्स दिएका थिए ।

यस फिल्मको कैयौं ठाउँमा सोनमले न्यूड सीन्स पनि दिइन् । जसै यो फिल्म रिलिज भयो बक्स अफिसमा तहल्का मच्चियो । त्यस बेला यस्तो सीन्स दिनु भनेको निकै ठूलो कुरा मानिन्थ्यो । यस फिल्मलाई लिएर यो भनिन्थ्यो कि मानिसहरु घण्टौं लाइनमा बसेर फिल्मको टिकट किन्थे र सोनमको न्यूड सीन्स देखेपछि जान्थे । यानी कि दर्शक थिएटरमा सिर्फ उनको न्यूड सीन्स देख्न आउँथे र त्यसपछि थिएटर खाली हुन्थ्यो ।
सोनमको यो हट तौरतरिका उनको सबै फिल्ममा देख्नलाई मिल्यो ।

आखिरी अदालत र त्रिदेव जस्ता प्रसिद्ध फिल्म खेलेकी सोनमले विवाह पछि फिल्म छोडिदिइन् । पछि अंडरवल्र्डबाट लगातार मिलेको धम्कीको कारण सोनम र उनका पति भारत छोडेर विदेश गएर बसे । सोनमको पहिचान यस्तो एक्ट्रेसको रुपमा हुन्छ जो सफलताको शिखरमा रहेकै बेला रिटायर भइन् र उनलाई सेडबैक वा डाउन फलको सामना गर्न परेन । सोनमको सन् २०१६ मा राजीव रायसँग सम्बन्ध विच्छेद भयो । २५ सालको विवाह बन्धन तोडेपछि उनले फेरि पुडुचेरीमा रहने डा. मुरली पोडुवलसँग विवाह गरिन् । अहिले सोनम लाइमलाइटबाट टाढा छन् ।

सम्बन्धित समाचार