यस्तो आयो नेपाली चलचित्र ‘शिवा’को ट्रेलर

नेपाली कथानक चलचित्र शिवाको फस्र्ट लुक पोस्टर र ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रका कलाकार तथा पत्रकारहरुको उपस्थितिमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

समाजभित्रका व्यक्ति तथा परिवारमा हुने हाँसखेल, प्रेम, द्धन्द्धका साथै उत्पीडनमा परेका व्यक्तिहरुको अधिकारका बारेमा बोल्ने चलचित्रलाई रामकाजी घिमिरेले निर्देशन गरेका हुन् ।



हिमश्री फिल्मस् प्रा.लि. द्धारा निर्मित चलचित्रमा किशोर खतिवडा, संचिता लुईटेल, धुर्व कोइराला, देव श्रेष्ठ, सपना श्रेष्ठ, ज्याक श्रेष्ठ, होम दवाडी, पूर्णिमा लामा, शम्भु गहतराज आदिको अभिनय रहेको छ । वसन्त सापकोटाको संगीत रहने चलचित्रका गीतलाई कृष्णहरि बरालले लेखेका छन् भने गीतमा राजेश पायल राई, रेजिना रिमाल, प्रल्हाद तिमिल्सिना तथा मेलिना राईको स्वर रहेको छ ।

त्यसैगरी चलचित्रमा सम्राट बस्नेतको द्धन्द्ध, राजु ढुंगानाको सम्पादन, कमल राई र लिगेश भट्टराईको कोरियोग्राफी रहेको छ । चलचित्र आगामी मंसिर २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने निर्माण युनिटले जानकारी दिएको छ ।

सम्बन्धित समाचार