‘साहो’ पनि अछुतो भएन हलिवुड फिल्मको कपी गरेको आरोपबाट

हिन्दी फिल्महरु कहिले कोरियन फिल्मबाट प्रभावित भएको त कहिले हलिउड फिल्मबाट प्रभावित भएको भनेर आरोप आइरहन्छन् । त्यस्तै अहिले प्रदर्शन भइरहेको बलिवुड फिल्म ‘साहो’ लाई कथा चोरेर बनाएको आरोप लागेको छ । बक्सअफिसमा आक्रामक कमाई गरिरहेको साहोलाई हलिउडको ब्लकबस्टर फिल्म ‘लार्जो विन्च’ को कपी रहेको आरोप लागेको हो ।
बम

सामाजिक सञ्जालमा कथा चोरेको भन्दै आलोचना भैरहेका बेला ‘लार्जो विन्च’ का निर्देशक जरोम सलेले आफ्नो प्रतिक्रिया दिदै ‘लार्जो विन्च’ को दोस्रो निःशुल्क निर्माण खराब रहेको बताएका छन् ।



सलेले तेलूगु निर्देशकलाई आफ्नो काम चोरेता पनि सही ढंगले गर्न आग्रह समेत गरेका छन् । यो भन्दा अगाडि पनि त्रिविक्रम श्रीनिवासमाथि सलेले आफ्नो फिल्मको रिमेक गरेको आरोप लगाएका थिए ।

साहोले हिन्दी भाषामा मात्र पाँच दिनमा सय करोड कमाई गरेको छ भने विश्वभर फिल्मले साढे ३ सय करोड कमाई गरिसकेको छ ।

फिल्म विश्लेषकबाट नकारात्मक रिभ्यु पाएको साहोले दर्शकको भने साथ पाइरहेको छ । दर्शकले फिल्मको कथा भन्दा पनि प्रभासको स्टारडम हेर्न हलमा आएको प्रतिक्रिया दिदै फिल्म हेरेपछि विश्लेषक समेत हैरान भएका छन् ।

फिल्ममा प्रभास र श्रद्धा कपुरको प्रमुख भूमिका छ भने चंकी पाण्डे, महेश मान्जरेकर र मुरली शर्माको पनि अभिनय छ । ३५० करोडमा बनेको फिल्मका निर्देशक सुजीत हुन् । कथावस्तु कमजोर भए पनि फिल्ममा प्रयोग भएको भिआरएफ प्रविधिले फिल्मलाई हेर्नलायक भने बनाएको छ ।

सम्बन्धित समाचार