ऋषि कपुरको खुलासा, अमिताभलाई टक्कर दिन गरे यसो

न्यूयोर्कमा आफ्नो पत्नी नीतु कपुरका साथ क्यान्सरको उपचार गराइरहेका ऋषि कपुरले फिल्म बाँबी बाट फिल्ममा आफ्नो क्यारियर शुरुआत गरेका थिए । यो फिल्म हिट भयो साथै ऋषि कपुरले पनि बलिउडमा आफ्नो खुट्टा जमाउन थाले । अरु एक्टर्स जस्तै ऋषि कपुरको फेम पनि कम थिएन । यहाँ सम्म कि ८० देखि ९० को दशकमा उनलाई सबभन्दा बढी फेम मिल्यो । आज ऋषि कपुरको जन्म दिन हो । उनको बायोग्राफी खुल्लम खुल्लाः ऋषि कपूर अनसेंसर्ड मा ऋषिले आफ्नो जीवनको महत्वपूर्ण तथा रोचक खुलासा गरेका छन् । मीना अययरद्धारा लेखिएको यस पुस्तकमा ऋषिले आफ्नो लव लाइफका साथै अन्य कुराको बारेमा खुलासा गरेका छन् ।

यस्तै खुलासामा उनले अमिताभसँग टक्कर लिनको लागि अवार्ड खरीद गरेको बताएका छन् । उनी भन्छन्, “मैले ३० हजार भारतीय रुपैयाँमा फिल्मफेयर अवार्ड किनेर आफ्नो नाममा गराएको थिएँ ।” वास्तवमा यो कुरा १९७३ को कुरा हो । उनले यसरी फिल्म बाबीको लागि बेस्ट एक्टरको अवार्ड आफ्नो नाममा गरेका थिए । त्यस बेला जंजीरमा राम्रो अभिनय गरेकोले अमिताभ बच्चन उनको प्रतिष्पर्धि थिए । ऋषि कपुरले पछि यो पनि सोंचे कि यही कारणले उनको र अमिताभ बच्चनको बीच सम्बन्ध धुमलियो, किनकी अमिताभलाई लाग्दथ्यो कि अवार्ड उनी डिजर्व गर्दथे । यही कारणले दुवै बीचको सम्बन्धमा चिसोपन आयो ।



सम्बन्धित समाचार