वारको गीतमा ऋतिक र वाणीको फेनटास्टीक केमेस्ट्री

यस बर्षको बलिउडको प्रतिक्षित फिल्म मध्येको एक अभिनेता द्वय ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्म ‘वार’ को पहिलो गीत सार्वजनिक भएको छ ।

ऋतिक र अभिनेत्री वाणी कपुर रहेको यस गीतमा अरिजित र शिल्पा रावको आवाज रहेको छ । ुघुङरुु शिर्षकको यो गीतमा ऋतिक र वाणीको उत्कृष्ट नृत्य पनि देख्न सकिन्छ । यो गीतमा ऋतिक र वाणीको राम्रो केमेस्ट्री समेत देख्न सकिन्छ । इटालीको पोसिटानो बीचमा शुटिंग गरिएको यो गीतको लोकेसन पनि उत्कृष्ट रहेको छ ।



यस गीतका लागि १५० भन्दा बढी मोडल मिलानबाट यस बीचमा लागिएको थियो । यो गीत यस बर्षको उत्कृष्ट पार्टी गीत हुने समेत विश्वास गरिएको छ । गीतलाई संगीतकारद्वय विशाल र शेखरले संगीत दिएका हुन् ।

आ-आफ्नो एक्सन र स्टन्टका कारण परिचित दुवै अभिनेतालाई यस फिल्ममा पहिलो पटक एक साथ फिल्म ‘वार’ मा देखिँदैछिन् । फिल्मको ट्रेलरमा भरपूर्ण एक्सन र सस्पेन्स देख्न सकिन्छ । आगामी अक्टोबर २ मा रिलिज हुन् लागेको यस फिल्ममा ऋतिक र टाइगरको द्वन्दलाई एक्सनपूर्ण रुपमा देखाइएको छ ।

सम्बन्धित समाचार