महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन्। लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोका आधारमा ‘ब्ल्याक मेलिङ’ गरिरहेको उनले सुनाइन्। उनी कक्षा ११ मा अध्ययनरत छिन्। फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो। तिनै युवाले अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए।
किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरिएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। ‘हामीले सहमतिमै भिडियो खिचेका हौं,’ उनले बयानमा भने, ‘मसँग रिलेसन राख्न नचाहेपछि त्यसलाई बाहिर ल्याउने धम्की दिएको हुँ।’ ख्याख्यलमै भिडियो खिचे।
घटनाले ठूलो रूप लिएपछि किशोरी डिप्रेसनमा गएकी छन्। परिवारले उनलाई मनोपरामर्श दिएर राखेको छ।