प्रियंकाको फिल्म ‘द स्काई इज पिंक’ को ट्रेलर सार्वजनिक

प्रियंका चोपडा करीब ३ वर्षपछि फिल्म ‘द स्काई इज पिंक’ बाट बलिउडमा आउन थालेकी छिन् । फिल्मको ट्रेलर रिलीज भएको छ । प्रियंकाको अलावा यस फिल्ममा फरहान अख्तर, जायरा वसीम र रोहित शरफ मुख्य भूमिकामा छन् । ११ अक्टुबरमा रिलीज हुन गैरहेको यस फिल्मलाई शोनाली बोसले निर्देशन गरेकी छिन् ।

द स्काई इज पिंक आयशा चौधरीको जिन्दगीमा आधारित छ, जो १३ सालको उमेरमा पल्मनरी फाइब्रोसिस बिमारीबाट ग्रसित भएपछि पनि एक मोटिवेशनल स्पीकर बनिन् । फिल्ममा प्रियंका अदिति चौधरी बनेकी छिन् । फरहान अख्तरले निरेन चौधरीको भूमिका निभाएका छन् । त्यसैगरी जायरा वसीमले यस कपलको छोरीको भूमिका निभाएकी छिन् ।



१३ सेप्टेम्बरमा टोरंटो इन्टरनेशनल फिल्म फेस्टिवल (TIFF) मा यसको प्रिमियर हुनेवाला छ । प्रियंकाले हालै एउटा तस्वीर शेयर गरेकी छिन् जसमा फिल्मका चारै कलाकारहरु एक साथ देखिएका छन् । प्रियंकाले तस्वीरको साथ जुन कैप्शन लेखेकी छिन् त्यसबाट यो ज्ञात हुन्छ कि उनी प्रीमियरमा उपस्थित हुन्छिन् । उनले जायरा वसीमलाई पनि टैग गरेकी छिन् ।

फिल्म बन्नु भन्दा पहिले विभिन्न कारणले चर्चामा आएको थियो । यस फिल्मपछि दंगल गर्ल जायरा वसीमले वलिउडलाई बाइबाइ गरेकी छिन् । जायराले पोस्ट लेख्दै बताएकी छिन् कि उनी फिल्मको कारणले इस्लामबाट टाढा भएकी थिइन्, यसैकारण उनले बलिउड छोड्ने फैसला गरेकी छिन् । जायराको यस फैसलापछि उनलाई सोशल मीडियामा युजर्सले निकै ट्रोल पनि गरे तर पनि कैयौं व्यक्तिले यसलाई उनको नीजि फैसलाको रुपमा मानेर उनको समर्थन गरेका छन् ।

प्रियंका चोपडा पनि फिल्मलाई लिएर विवादमा रहिन् । वलिउडमा पुनः आगमनको लागि प्रियंकाले पहिले सलमानको भारत गर्नेवाला थिइन् । प्रियंकाले अचानक नै भारत छोडिदिइन् र द स्काई इज पिंक साइन गरिन् । भारत छोड्नुमा उनी भारतमा आफ्नो रोलबाट खुशी नभएको बताइएको थियो । भारत छोडेपछि सलमानले उनको टिप्पणी गर्दै भनेका थिए कि यदि फिल्म छोड्नु नै थियो भने पहिल्यै बताएको भए हुन्थ्यो ।

द स्काई इज पिंकको ट्रेलर

सम्बन्धित समाचार