ताजकिस्तानलाई १–० ले पराजित गर्दै नेपाल फाइनलमा

नेपाली महिला फुटबल टोली किर्गिस्तानमा जारी नादेज्दा फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको खेलमा ताजकिस्तानलाई १–० गोलले पराजित गर्दै नेपाली महिला फुटबल टोलीले फाइनलमा स्थान बनाएको हो। नेपालको जितका लागि सावित्रा भण्डारीले एक गोल गरिन्। पहिलो हाफ गोलरहित बनेको खेलमा सावित्राले खेलको ८६ औँ मिनेटमा गोल गरेकी हुन्।



सम्बन्धित समाचार