जापानमा हुने ‘सूर्य इन्टरनेशनल अवार्ड’को दोस्रो शृंखला घोषणा

जापानको टोकियोमा हुने गरेको ‘सूर्य इन्टरनेशनल अवार्ड’को दोस्रो शृंखला घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच अवार्ड आयोजक कम्पनि सुर्य कर्पोरेसन लिमिटेडका अध्यक्ष बासुदेव लामिछानेले दोस्रो शृंखला आउँदो नोभेम्बर २४ मा हुने घोषणा गरेका गरे ।

अवार्डमा गत वर्ष अर्थात २०७५ साल बैशाख १ देखि चैत्र ३० गतेसम्म सार्वजनिक भएका फिल्म तथा गीतसंगीतले सहभागिता जनाउन पाउनेछन् । पन्ध्र सय सिट क्षमता रहेको नाकानो जिरो हलमा हुने अवार्डमा नेपालबाट ५० बढी सेलिब्रेटी तथा मिडियाकर्मी सहभागी हुनेछन् ।



घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका आध्यक्ष केशव भट्टराई, चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका उपाध्यक्ष माधव वाग्ले, अभिनेता भुवन केसी, अभिनेत्री गौरी मल्ल, अभिनेत्री श्वेता खड्का, अभिनेत्री सरिता लामिछाने , निर्देशक ऋषि लामिछाने, अभिनेता प्रशान्त ताम्राकार, गायक रामकृष्ण ढकाल, हेमन्त शर्मा, कमल खत्री , युवराज चौलागाईं , गायिका मिलन अमात्यलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार