कसरी घटाइन सोनाक्षीले ३० किलो तौल ?

बलिउडमा डेब्यु गर्नुअघि अभिनेत्री सोनाक्षी सिन्हाले ९५ किलोबाट तौल घटाएर ६५ किलो बनाएकी थिइन् । उनी कलेजमा हुँदा ९५ किलोको थिइन् । पछि ३० किलो घटाएकी थिइन् । यति धेरै तौलकी सिनाक्षीले कसरी तौल घटाइन् त ? यो सबैको चासोको विषय हो ।



फिल्म क्षेत्रमा आउनको लागि उनले कडा मेहेनत गरेर शरीरलाई सुगठित बनाएकी थिइन् । उनले तौलका कारण थुप्रै समस्या झेल्नुपरेको थियो । सोनाक्षीले भनिन्, ‘जब म कलेजमा थिए मेरो तौल ९५ किलो थियो ।’ उनले आफू सधैँ एउटा मोटी केटीको रुपमा परिचित रहेको अनुभव सुनाइन् । उनले स्कुल र कलेजमा मोटी भएकै कारण उपेक्षा सहनुपरेको थियो । तौलकै कारण उनलाई हरेक कुरामा साइड लगाइने पनि उनले सुनाइन् । मोटी हुनुको पीडा सुनाउँदै सोनाक्षीले भनिन्, ‘मलाई अझै याद छ, एक पटक मलाई मोडलजस्तै क्याट वाक गर्ने रहर जाग्यो ।

तर मलाई पातली केटीहरुले लाइट समाउन लगाए । मैले भने ‘किन ?’ उनीहरुले मेरो क्याट वाक गर्ने तौल नभएको भन्दै मजाक उडाए । मलाई ज्यादै दुख लाग्यो ।’ तर उनले पहिलो फिल्म ‘दबंग’ भन्दा अगाडि कडा मेहेनत गरेर तौल घटाइन् । फिल्म रिलीजपछि दर्शकले असाध्यै माया दिएको तर मिडिया र फिल्म उद्योगका केहि मानिसहरुले मजाक उडाएको दुखेसो पोखिन् । सन् २०१० मा सुपरस्टार सलमान खानसँग फिल्म ‘दबंग’ बाट बलिउडमा डेब्यु गरेकी सोनाक्षीले आफ्नो अभिनयका कारण फिल्म क्षेत्रमा अलग्गै पहिचान बनाएकी छिन् ।

सम्बन्धित समाचार