मुक्तिनाथ विकास बैंक र रूपाकोट रिसोर्टबीच सहकार्य

मुक्तिनाथ विकास बैंक लि. काठमाडौं र रूपाकोट रिसोर्ट, पोखरा, कास्कीका बीच एक सम्झौता भएको छ जस अनुसार भिषा डेविट कार्ड भएका बैंकका सबै ग्राहकहरूल रुपाकोट रिसोर्टका विभिन्न सेवा सुविधामा १५% सम्मको विशेष छुट पाउने भएका छन् ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख श्री वसन्त बक्सी र रूपाकोट रिसोर्टकोे तर्फबाट बिक्री प्रबन्धक श्री पियुस लामाले हस्ताक्षर गरेका छन् । यस सुविधाबाट बैंकका सेवाग्राहीहरूलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।



हालै मात्र मुक्तिनाथ विकास बैंकको रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागु हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको बहार’ अभियान सञ्चालन गरेको बैंकका प्रमुख सुचना अधिकारी श्री तिलबहादुर गुरुङ्गले बताएका छन् ।

सम्बन्धित समाचार