मलाइका अरोराका पूर्वपति अरबाज खान विवाह बन्धनमा बाँधिदै

अभिनेता अरबाज खान फेरि विवाह बन्धनमा बाधिने भएका छन् । भारतीय मिडियाका अनुसार आफूभन्दा २२ वर्ष कान्छी प्रेमिका इटालियन अभिनेत्री, डान्सर तथा मोडल जर्जिया एन्ड्रियासँग अरबाज बिबाह बन्धनमा बाधिन लागेको बताइएको छ ।

दुवैको परिवारले विवाहको लागि स्वीकृती दिइसकेको छ । २०१७ मा आइटम डान्सर मलाइका अरोरासँग १८ वर्षको वैवाहिक सम्बन्धलाई टुङ्ग्याएका अरबाज सम्बन्ध विच्छेदपछि हरेका पार्टी तथा समारोहमा जर्जियासँग उपस्थिति हुँदै आएका थिए ।



मलाइका पनि अरबाजसँग डिभोर्स भएपछि अर्जुन कपुरसँग डेट गरिरहेकी छन् । दाजु सलमान अविवहित नै रहेका बेला भाई अरबाजले दोस्रो विबाह गर्ने खबरले यतिबेला बलिउडमा हंगामा नै मच्चिएको छ ।

सम्बन्धित समाचार