बलिवुडमा सय करोड क्लबमा कसका कति फिल्म ? को सबैभन्दा अगाडि ?

बलिवुड अभिनेता अक्षयकुमार सबै भन्दा बढी सय करोड कमाई गर्ने अभिनेता हुन् ।

अक्षयका अहिलेसम्म ११ वटा फिल्मले भारतीय बक्स अफिसमा सय करोडभन्दा बढी कमाई गरेका छन् । यसैबीच उनको पछिल्लो फिल्म मिशन मंगलले दुई सय करोड कमाई गरेर उनको क्यारियरमा पहिलो दुई सय करोड कमाई गर्ने फिल्म बनेको छ ।



कमाईका हिसाबले अक्षयकुमार बलिउडमा खान अभिनेताहरुको स्टारडमलाई साइड लगाउदै धेरै अगाडी बढेका छन् ।

बलिवुडमा अक्षयपछि सलमान खानका ८ फिल्मले सय करोड, ३ फिल्मले दुई सय करोड र एक फिल्मले ३ सयकरोड कमाई गरेका छन् ।

त्यस्तै अर्का अभिनेता अजय देवगनका ९ फिल्मले बलिवुडमा सय करोडभन्दा बढी कमाई गरेका छन् भने एक फिल्मले दुई सय करोड कमाई गरेको छ ।

त्यस्तै शाहरुख खानका ५ फिल्मले सय करोड र २ फिल्मले २ सय करोड कलेक्सन गरेका छन् ।

त्यस्तै अर्का अभिनेता आमिर खानका २ फिल्मले सय करोड, २ फिल्मले दुई सय करोड र २ फिल्मले ३ सय करोडभन्दा बढीको कमाई गरेका छन् ।

त्यस्तै अर्का अभिनेता रणवीर सिंहका २ फिल्मले सय करोड, एक फिल्मले दुइ सय करोड र एक फिल्मले नै तीन सय करोड कलेक्सन गर्न सफल भएको छ ।

त्यस्तै हृतिक रोशनका ४ फिल्मले सय करोड कलेक्सन गरेका छन् भने एक फिल्मले दुई सय करोड कमाई गरेको छ ।

त्यस्तै अहिलेका सुपरस्टार बरुण धवनका चार फिल्मले सय करोड कलेक्सन गरेका छन् ।

त्यस्तै जोन अब्राहीमका २ फिल्मले सय करोड कलेक्सन गरेका छन् । त्यस्तै प्रभासको एक फिल्मले सय करोड, ३ फिल्मले २ सय र एक फिल्मले ५ सय करोड कलेक्सन गरेको छ । बलिवुडमा अहिलेसम्म ५ सय करोड कलेक्सन गर्ने बाहुबली(२ एक मात्र फिल्म हो ।

त्यस्तै शाहिद कपुरको एक फिल्मले २ सय करोड र एक फिल्मले ३ सय करोड कमाइ गरेको छ ।

यी बाहेक विक्की कौशलको एक फिल्मले २ सय करोड कमाई गरेको छ भने आयुष्मान खुराना, टाइगर श्राप, राजकुमार राव, कार्तिक आर्यन, सिद्धार्थ मलहोत्रा, अर्जुन कपुर, फरहान अख्तर र सैफ अली खानका एक एक फिल्म सय करोड कमाइ गर्न सफल भएका छन् ।

सम्बन्धित समाचार