कट्रिनाकी बहिनी इसाबेलाले नयाँ फिल्मबाट बलिउडमा डेब्यु गर्ने, फिल्म कुन हो त ?

बलिउडमा सदाबहार चर्चामा आइरहने चर्चित र सफल नायिका हुन् कट्रिना कैफ । धेरैजसो आफ्नो फिल्म र लुक्सका कारण चर्चामा आएकी कट्रिना पछिल्लो समय बलिउडमा बहिनीलाई डेब्यु गराउने कुराले चर्चामा छिन् । उनकी बहिनी इसाबेल कैफ अब बलिउडमा डेब्यु गर्ने तयारीमा रहेकी छिन् । इसाबेलले अब फिल्म ‘क्वाथा’ बाट बलिउडमा डेब्यु गर्ने बताइएको छ ।

यस फिल्ममा अभिनेता सलमान खानका ज्वाई आयुष शर्माले अभिनय गर्ने बताइएको छ । भारतीय मिडियाका अनुसार करण ललित भुटानीले निर्देशन गर्ने उक्त फिल्ममा आयुष र इशाबेल जोडी बन्ने बताइएको छ । सामाजिक सञ्जालमा पनि सक्रिय रहेने कट्रिनाकी बहिनी इसाबेलाका धेरै फलोअर पनि भइसकेका छन् ।



सम्बन्धित समाचार