गुटका कारण नेकपाको मधेस पार्टी कमिटीमा चरम विवाद

नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो ।

पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच तीव्र अन्तरविरोध छ । दुवैले पुष्पकमल दाहाललाई नेता मान्छन् । मधेसमा भने उनीहरु आआफ्नो समूह बनाउन क्रियाशील छन् । पूर्वएमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि मिलेका छैनन् ।



पार्टी एकतापछि ओली र साह एकातिर र यादव र नेपाल अर्कोतिर देखिएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

सम्बन्धित समाचार