च्याम्पियन्स लिगः बार्सिलोना डर्टमुण्डसँग बराबरीमा रोकियो

यो सिजनको च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा नै बार्सिलोना बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको खेलमा बार्सिलोना जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग गोलरहित बराबरीमा रोकिएको हो ।

डर्टमुन्डको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गोल गर्ने केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न सकेन । यो खेलबाट नै मेस्सी जारी सिजनमा पहिलो पटक मैदानमा उत्रिए । डर्टमुन्डले ५७ औं मिनेटमा पेनाल्टी पाए पनि मार्को रेउसले त्यसलाई गोलमा परिणत गर्न सकेनन् ।



मेसी चोटका कारण बार्सिलोनाले ला लिगाका ४ खेलसम्म मैदानमा उत्रिएका थिएनन् । ला लिगामा राम्रो प्रदर्शन गरेका १६ वर्षीय अन्सु फातीले च्याम्पियन्स लिगमा डेब्यू गरेका छन् । उनको स्थानमा ५९ औं मिनेटमा मेस्सी मैदान प्रवेश गरेका थिए ।

बार्सिलोना रहेको एफ ग्रुपको अर्को खेल पनि बराबरीमा टुंगिएको छ। इटालियन क्लब इन्टर मिलान र चेक गणतन्त्रको टोली साल्भिया प्राग्वेले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

सम्बन्धित समाचार