डिफेन्डिङ च्याम्पियन लिभरपुल नापोलीसँग पराजित

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत समुह इ अन्तर्गत समुह चरणको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल इटालियन क्लब नापोलीसँग पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा नापोलीले लिभरपुललाई २–० गोल अन्तरले पराजित गरेको हो ।



नापोलीको जितमा ड्राइज मेरटेन्स र फेर्नान्डो लिओरेन्टेले एक एक गोल गरेका थिए । अत्यन्तै प्रतिपर्धात्मक खेलमा नापोलीले दुवै गोल अन्तिम १० मिनेटमा गरेको थियो । मेरटेन्सले खेलको ८२औ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए भने लिओरेन्टेले अतिरिक्त समयमा गोल गर्दै नापोलीको अग्रता दोब्बर पारेका थिए ।

नापोलीले गत सिजनमा समेत समुह चरणको खेलमा लिभरपुलमाथि १–० को जित हासिल गरेकोमा इतिहास दोहोरिदै यस सिजनमा समेत लिभरपुललाई पराजित गरेको छ । नापोलीका कोच कार्लो एन्सेलोट्टीले लिभरपुलका कोच जेर्गन क्लोपलाई व्यंग गर्दै आज हारेपछि तिमीले नै च्याम्पियन्स लिग जिच्छौ भन्दै खेलपछि जिस्काएका थिए ।

यसै समुहमा रहेको स्लजबर्गले जेन्कलाई ६–२ फराकिलो गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलेको छ ।

सम्बन्धित समाचार