नितेश तिवारीको ‘छिछोरे’ को व्यापार १०० करोडको नजिक

नितेश तिवारीको निर्देशन रहेको चलचित्र ‘छिछोरे’ को व्यापार १०० करोडको नजिक पुगेको छ।

सेप्टेम्बर ५ बाट प्रदर्शनमा आएको चलचित्रले १२ दिनसम्म आईपुग्दा ९८.०८ करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।



पहिलो हप्ता ६८.८३ करोड कमाई गरेको चलचित्रले दोस्रो हप्तासमेत राम्रो व्यापार गरिरहेको छ।

दर्शक र विश्लेषकहरुले चलचित्र उत्कृष्ट भएको प्रतिकृया दिएका छन्। चलचित्रको ‘माउथ पब्लिसिटी’ राम्रो भएपछि चलचित्रको व्यापार बढेको विश्लेषकहरुले बताएका छन्।

‘छिछोरे’ मा सुशान्तसिंह राजपुत र श्रद्धा कपूरका साथै वरुण शर्मा, ताहिर राज भासिन, नविन पोलिशेट्टी, तुषार पाण्डे लगायतको मुख्य अभिनय रहको छ।

सम्बन्धित समाचार