‘घामट शेरे’ मा निश्चलको फरक रूप

चलचित्र ‘घामट शेरे’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका शीर्ष भूमिकामा रहेका निश्चल बस्नेत फिचर्ड छन् ।

सोसियल कमेडी जनारामा निर्माण भएको चलचित्रमा निश्चलकी धर्मपत्नी तथा अभिनेत्री स्वस्तिमा खड्का पनि मुख्य भूमिकामा देखिँदैछिन् ।



चलचित्रमा निश्चलले आफ्नी पत्नी स्वस्तिमासँग पहिलो पटक ‘अनस्क्रिन रोमान्स’ गर्दै छन् । हेमराज बिसीले निर्देशन गर्ने चलचित्रको कथा तथा पटकथा र लगानी आफैंले गरेका हुन् । चलचित्रमा निश्चल र स्वस्तिमाका अलावा सुष्मा निरौला, बादल भट्ट, गौरी मल्ल, लोकेन्द्र लेखकलगायत कलाकारको पनि अभिनय छ ।

बिसी मोसन पिक्चर्स ब्यानरमा निर्माण भएको चलचित्रमा नरेन्द्रविक्रम बुढा क्षत्री कार्यकारी निर्माता रहेको चलचित्रमा नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, प्रदीप लामाको कोरियोग्राफ, राजेन्द्र मोक्तानको कलर रहेको छ ।

सम्बन्धित समाचार