भुताहा चलचित्र बनाउने हिन्दी फिल्म निर्देशकको निधन

१९८० र ९० को दशकमा हरर चलचित्रबाट दर्शक तर्साउने निर्देशक श्याम रामसेको बुधबार निधन भएको छ । निमोनियाबाट पीडित ६७ वर्षिय श्यामको आज बिहान अस्पतालमै निधन भएको हो ।

भारतीय मिडियाका अनुसार स्वास्थ्यमा समस्या देखिएका कारण उनलाई बिहानमात्रै अस्पताल भर्ना गरिएको थियो । अस्पताल लगेको केही समयपछि नै उनको निधन भएको हो ।



उनको दाहसंस्कार आजै गरिने बताइएको छ । ‘पुराना हवेली’ ‘वीराना’ र ‘तहखाना’ जस्ता हरर चलचित्रका लागि चर्चित सात ‘रामसे ब्रदर्स’ मा श्याम रामसे पनि एक हुन् । रामसे ब्रदर्सले १९७० र १९८० दशकमा कम बजेटमा राम्रो हरर चलचित्र बनाए जसलाई दर्शकले निकै रुचाएका थिए ।

सम्बन्धित समाचार