च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीको विजयी शुरुवात

च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले विजयी शुरुवात गरेको छ । गएराती भएको खेलमा समुह सी अन्तर्गत म्यानचेस्टर सिटीले शख्तर डोनेटस्कलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा रियाद महरेज, इके गुनडोगन र ग्याब्रियल जिससले एक एक गोल गरेका थिए । प्रिमियर लिगको पछिल्लो खेलमा नर्विच सिटीसँग पराजित भएको सिटी च्याम्पियन्स लिगको समुह चरणको पहिलो खेलमा भने उत्कृष्ट खेल देखाउदै जित हासिल गरेको छ ।



त्यस्तै समुह सी कै अर्को खेलमा डाइनामो जाग्रेबले एटलान्टालाई ४-० ले पराजित गरेको छ । पहिलो खेलपछि समुह सीमा म्यान्चेस्टर सिटी र डाइनामो जाग्रेबको ३-३ अंक भएको छ भने शख्तर र एटलान्टा अंक विहिन रहेका छन् ।

सम्बन्धित समाचार