नेपालमा हुन नसकेको आईफा अवार्ड समारोह सम्पन्न, क–कसले पाए त अवार्ड ?

काठमाडौं । भारतीय फिल्म उद्योगको सबैभन्दा ठूलो इंटरनेशनल इंडियन फिल्म एकेडमी (आईफा) अवार्ड समारोह बुधवार सम्पन्न भएको छ । नेपालमै गर्ने भनिएको यो समारोहको विरोध भएपछि भारतमै आईफा समारोह आयोजना गरिएको हो ।

आईफाको २० औं संस्करणमा बलिउडका सेलिब्रेटीहरुले निकै आकर्षक र फेसनेबल पहिरनमा आफ्नो प्रस्तुती दिए । रणविर सिंहदेखि आलिया भट्टसम्मका कैयौं सेलिब्रेटीहरुले अवार्ड हात पारे ।

कसलाई कुन अवार्ड :



बेस्ट फिल्म अवार्ड – मेघना गुलजार (फिल्म राजी)

बेस्ट एक्ट्रेस अवार्ड – आलिया भट्ट (फिल्म राजी)

बेस्ट एक्टर अवार्ड – रणवीर सिंह (पद्मावत)

बेस्ट डायरेक्टर अवार्ड – श्रीराम राघवन (अंधाधुन)

बेस्ट स्पोर्टिंग एक्ट्रेस अवार्ड – अदिति राव हैदरी (पद्मावत)

बेस्ट सपोर्टिंग एक्टर – विक्की कौशल (संजू)

बेस्ट डेब्यूटेंट फीमेल – सारा अली खान (केदारनाथ)

बेस्ट डेब्यूटेंट मेल – ईशान खट्टर (धड़क र बियोण्ड द क्लाउड्स)

बेस्ट स्टोरी अवार्ड – श्रीराम राघवन, पूजा लोधा श्रुति, अरिजीत बिश्वास, योगेश चंदेकर र हेमंत राव (अंधाधुन)

बेस्ट म्यूजिक अवार्ड – सोनू, टीटू की स्वीटी

बेस्ट लिरिक्स अवार्ड – अमिताभ भट्टाचार्य (धड़क)

बेस्ट प्लेबेक सिंगर अवार्ड – अरिजीत सिंह (राजीको ए वतन का लागि)

आईफा स्पेशल अवार्ड

पछिल्लो २० बर्षकी उत्कृष्ट अभिनेत्री अवार्ड – दीपिका पादुकोण

पछिल्लो २० बर्षका उत्कृष्ट अभिनेता अवार्ड – रणबीर कपूर

पछिल्लो २० बर्षका उत्कृष्ट चलचित्र अवार्ड – ऋतिक रोशन र अमीषा पटेल (चलचित्र कहाे ना प्यार है का लागि)

पछिल्लो २० बर्षका उत्कृष्ट निर्देशक अवार्ड – राजकुमार हिरानी

पछिल्लो २० बर्षका उत्कृष्ट संगीत अवार्ड – प्रीतम

 

सम्बन्धित समाचार