सिमेन्ट उत्पादन संघको अध्यक्षमा पुनः थापा निर्वाचित

सिमेन्ट उत्पादन संघको अध्यक्षमा पुनः ध्रुवराज थापा निर्वाचित भएका छन् । बिहीबार संघको निर्वाचन समितिले गरेको निर्वाचनमा उनी सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । लामो समयदेखि कसमस सिमेन्टमा आबद्ध थापा पेशाले इन्जिनियर हुन् ।

यसै गरी संघको उपाध्यक्षमा अग्नि सिमेन्टका इन्जिनियर तारा प्रसाद पोख्रेल निर्वाचित भएका छन् भने विशाल सिमेन्टका जयचन्द्र चुडाल महासचिवमा निर्वाचित भएका छन ।



अन्य ५ जना सदस्यमा क्रमशः युनाईटेड सिमेन्टका विकास दुगड, एमजेपी सिमेन्टका राजेन्द्र भट्टराई, इन्टरनेशनल सिमेन्टका राजनकुमार झा, केपी सिमेन्टका केशवप्रसाद उप्रेती र शिवम सिमेन्टका सुरेन्द्र गोयल निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार