सीताको भूमिकामा दीपिकाको ठाउँमा श्रद्धा कपुर !

अभिनेत्री श्रद्धा कपुरले अब बन्ने फिल्म रामायणमा सीताको भूमिका निभाउने भएकी छन् ।

करिब ६ सय करोडको बजेट बन्न लागेको फिल्म रामायणमा सीताको भूमिकाका लागि श्रद्धा कपुर कन्फर्म भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।



श्रद्धाले रामायणमा सीताको भूमिका निभाउनका लागि अजय देवगन र रणवीर कपुरको फिल्म राम–काम छोडेको रिपोर्ट आएको छ । दुई मध्ये एक फिल्म मात्र गर्न सक्ने अवस्थामा श्रद्धाले रामायण रोजेको बताइएको छ ।

श्रद्धाले राम–काममा रणवीर कपुरको अपोजिट पहिलो पटक काम गर्ने अवसरलाई समेत छोडेकी छन् ।

रामायाणमा रावणको भूमिका चर्चित अभिनेता प्रभासएल निभाउँदै छन् भने रामको भूमिका हृतिक रोशनले निभाउने भएका छन् । फिल्मलाई दंगल फेम निर्देशक नितिस तिवारीले निर्देशन गर्ने भएका छन् ।

श्रद्धाले नितिस तिवारीको फिल्म छिछोरेमा काम गर्दा दुवैबीच राम्रो सम्बन्धका कारण नितिसले श्रद्धालाई रामायणको भूमिकामा अफर गरेको बताइएको छ । यस अघि सीताको भूमिका दीपिका पदुकोनेले गर्ने बताइएको थियो ।

श्रद्धाको हालै अर्को फिल्म साहो समेत प्रदर्शन भैसकेको छ । औसत व्यापार गरेपनि साहोमा श्रद्धाको कामको तारिफ भएको छ । छिछोरेले सय करोडको कमाई गरेपछि श्रद्धाको सफलतामा अर्को फिल्म जोडिएको छ । उनको बरुण धवनसँगको अर्को फिल्म स्ट्रिट डान्सर पनि आउदै छ । यो फिल्म थ्री डि मा आउँदै छ । स्ट्रिट डान्सर जनवरी २४ मा रिलिज हुने बताइएको छ ।

सम्बन्धित समाचार