फ्रेन्च लिगः पीएसजीको जितमा नेयमारको निर्णायक गोल

डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा जित हात पारेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई १–० गोलको कठिन जित निकालेको हो । पीएसजीको जितमा नेयमारले गोल गरे ।

पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो । खेलको ८७ औं मिनेटमा भने लियोनको कमजोर डिफेन्सको फाइदा उठाउँदै पीएसजीका लागि नेयमारले गोल गर्न सफल भए । उनकै गोलमा पीएसजीले महत्त्वपूर्ण तीन अंक प्राप्त गरेको हो ।



लिगको शीर्ष स्थानमा रहेको पीएसजीको ६ खेलबाट १५ अंक रहेको छ । पराजित लियोनको भने समान खेलबाट आठ अंक मात्रै छ ।

सम्बन्धित समाचार