मेसी बने फिफा पुरुष वर्ष खेलाडी

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन्। सोमबार राति भएको अवार्ड वितरण समारोहमा मेस्सी विजेता घोषित भए । युभेन्टसका रोनाल्डो र लिभरपुलका भान डिजेकलाई उनले पछि पारे। मेस्सी यो सँगै ६ पटक विश्वको सर्वोत्कृष्ट खेलाडीका रुपमा चुनिएका छन् ।

उनले सन् २००९, २०१०, २०११, २०१२ र २०१५ मा पनि अवार्ड जितेका थिए । उनले रोनालडोलाई उछिनेका छन् । ३२ वर्षीका मेस्सीको टिमले ला लिगाको उपाधि जितेको थियो तर च्याम्पियन्स लिगमा सेमिफाइनलबाटै बाहिरिएको थियो । समारोहमा अमेरिकाकी मेगन रापिनाइले महिला वर्ष खेलाडीको अवार्ड जितिन् ।



यस्तै वर्ष प्रशिक्षकको अवार्ड लिभरपुलका जर्गेन क्लोप्पले प्राप्त गरे। उनले म्यानचेस्टर सिटीका पेप गार्डिवला र टोटनह्यामका माउरिसियो पोकेटिनोलाई पछि पारेका हुन् । महिला टिमको प्रशिक्षकको अवार्ड जिल एलिसले जितिन् । लिभरपुलका एलिसनले सर्वोत्कृष्ट गोलरक्षकले पाउने अवार्ड पाए। यस्तै लिड्सका प्रशिक्षक मार्सेलो बिएल्साले फेयर प्ले अवार्ड पाएका छन् ।

सम्बन्धित समाचार