साम्तेनको ‘धुपौरे’ मा अनमोल, कति लिए पारिश्रमिक ?

अभिनेता अनमोल केसीले नयाँ फिल्म ‘धुपौरे’मा अनुबन्धित भएका छन् । चलचित्रलाई ‘त्यान्द्रो’ फेम्ड निर्देशक साम्तेन भुटियाले निर्देशन गर्नेछन् । फिल्म डार्क एक्सन-लभ जनरामा निर्माण हुनेछ ।

निर्देशक भुटियाले गत वर्षनै आफूले नयाँ फिल्ममा अनमोललाई अफर गरेको खुलाएका थिए । सबै कुरा मिले टिमअप हुनसक्ने उनको भनाई थियो । अन्ततः ‘धुपौरे’ मा दुईबीच टिमअप भएको छ । फिल्ममा अहिलेसम्म अनमोलबाहेक अरु कलाकारको टुंगो लागेको छैन । अब बाँकी कलाकार छनोट प्रक्रिया सुरु गर्ने तयारीमा निर्माण टिम छ ।



यो फिल्ममा अनमोलले ५० लाखको आसपासमा पारिश्रमिक बुझेको स्रोत बताउँछ । फरक धारका फिल्म बनाउने निर्देशकको रुपमा चिनिएका साम्तेनको नयाँ फिल्म ‘च च हुई’ आउँदो मंसिर ६ गते प्रदर्शनमा आउँदैछ ।

सम्बन्धित समाचार