सिपिएलमा सन्दीपको उत्कृष्ट बलिङपछि जमैका दबाबमा

क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने उत्कृष्ट बलिङ गरेका छन् ।

जमैका तल्लावाहविरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै १७ रन दिएर २ महत्वपूर्ण विकेट लिएका छन् ।



सन्दीपले आफ्नो पहिलो बलमै विकेट लिएका थिए । सन्दीपले जमैकाका कप्तान चांडविक वाल्टनलाई १३ रनमा र डवाने स्मिथलाई १ रनमा आउट गरेका थिए ।

सन्दीपले पहिलो ओभरमा ३, दोस्रो ओभरमा ५, तेस्रो ओभरमा ३ र चौथो ओभरमा ६ रन दिएका थिए । सन्दीपले थप विकेट लिने अवसर सिर्जना गरेपनि खराब फिल्डिङका कारण विकेट लिन असफल भएका थिए ।

यो सहित सन्दीपले प्रतियोगितामा कुल ८ विकेट लिएका छन् ।

जमैकाका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४१ रन बनाए भने कप्तान वाल्टनले १३, इमरान खानले १०, रमाल लेविसले १० रन बनाए । त्यस्तै क्रिस गेलले १, जर्ज वर्करले ६, स्मिथले १, सामर स्प्रिंगरले ७, जाभेल ग्लेन ० मा आउट भएका थिए । त्यस्तै जाड बेर्नवाचले ८ रन बनाएका छन् ।

टस हारेर पहिला ब्याटिंग गरेको जमैकाले अहिले १८.३ ओभरमा ८ विकेट गुमाएर १०८ रन बनाएको छ भने खेल बर्षाले रोकिएको छ ।

बारबाडोसका सन्दीप र कप्तान जेसन होल्डरले २/२ विकेट लिए भने जेपी डुमिनी, रोशन प्रिमस, ह्यारी गर्नी र रेमन रेइफ़रले एक एक विकेट लिएका थिए ।

अपडेट : बर्षा रोकिएपछि खेल सुचारु भएको छ । जमैकाले २० ओभरमा अलआउट हुदै १२७ रन बनाएको छ भने बार्बाडोसले जितका लागि १२८ रनको लक्ष्य पाएको छ ।

सम्बन्धित समाचार