दक्षिण भारतीय नायिका सामन्थाले खोलिन् वेडरुमको राज

सामन्था अक्किनानीले आफ्ना श्रीमानसँगको वेडरुम रोमान्सलाई एक भारतीय टेलिभिजन सोमा छताछुल्ल पारेकी छन् । उनले आफू र आफ्ना श्रीमान नागा चैतन्यबीच चुम्बनका समयमा सधैं उनको सौता अर्थात नागाकी पहिलो श्रीमती बीचमा आउने गरेको बताएकी हुन् ।

‘फिट अप वीथ दी स्टार’ नामक भारतिय टेलिभिजन सोमा उनले आफ्ना वेडरुम सेक्रेट बताएकी हुन् । उनले अहिलेसम्म यस्ता गोप्य कुरा टेलिभिजनमा बताएकी थिईनन् ।



उनलाई कार्यक्रम संञ्चालिकाले बिहे अघिको लिभ–इन रिलेसनसिपका बारेमा बताएपछि मात्रै उनले यसबारे थोरै बोलेकी हुन् । उनले भनिन्, ‘चैतन्यको पहिलो श्रीमती सिरानी हो, अरु त अरु मैले चैतन्यलाई चुम्बन गर्न खोज्दा पनि उनको पहिलो श्रीमती सिरानी जहिल्यै बीचमा आउँछे ।’

सामन्था र नागा दक्षिण भारतका चर्चित कलाकार हुन्, साथै उनीहरु दक्षिण भारतका कलाकारहरुमध्ये निकै सुन्दर वैवाहिक जोडी पनि हुन् । सामन्था र नागा बिहे अगाडी निकै राम्रा साथी थिए । उनीहरुले आठ बर्षे प्रेमसम्बन्धपछि मात्रै बिहे गरेका थिए ।

सम्बन्धित समाचार