निर्देशकले शरीरका अंगमा चासो राखेपछि मैले फिल्म छाडें : सुरवीन चावला

बलिउड अभिनेत्री सुरवीन चावलाले ‘कहीं तो होगा’ बाट क्यारियर शुरूवात गरेकी थिइन् ।

यद्यपी चर्चा भने चलचित्र ‘हेट स्टोरी– ३’ र वेव सीरीज ‘सेक्रेड गेम्स’बाट मात्र कमाइन् । सुरवीनले एक अन्तर्वार्तामा चलचित्रको अडिसनमा आफूले सबैभन्दा धेरै चुनौतीको सामना गर्नुपरेको बताएकी छिन् ।



चलचित्रमा अडिसनको समयमा उनले पाँच पटक कास्टीङ काउचको सामना गर्नु परेको बताइन् । उनले त्यस समयमा निर्देशकहरूले शरीरका अंगहरू हेर्ने चाहना राखेको बताईन् । उनका अनुसार, कुनै निर्देशकमले क्लीवेज हेर्न चाहेको र कुनै निर्देशकले थाई देख्न चाहेका थिए ।

उनले साउथ इन्डस्ट्रीमा भएका कास्टीङ कोउचबारे भनिन्, ‘मलाई एक डाइरेक्टरले भने, म्याम हाम्रो बीचमा भाषाको समस्या छ । म तपाईंको शरीरको एकएक इन्च जान्न चाहन्छु । तब मैले त्यो विश्वास गर्न सकिन । पछि मैले त्यो चलचित्र छोडेँ ।

दोस्रो पटक एक नेशनल अवार्डको निर्देशकले कास्टीङ कोच गरे, उनले भनिन्, ‘एक चलचित्रको लागि म लामो अडिसनको प्रक्रियामा थिएँ । निर्देशकले हिन्दी र अंग्रेजी बुझ्दैनथिए । उसको साथीले मलाई भन्यो, सरले तपाईंलाई जान्न चाहनुभएको छ । तपाईं र सरबीच भाषाको समस्या छ, त्यसैले यो चलचित्र अवधिभर यो काम (छूने, हेर्ने) चलिरहन्छ । काम सकिएपछि तपाईं यो बन्द गर्न सक्नुहुन्छ । त्यसपछि मैले मानिन र चलचित्र नै छोडिदिएँ ।’

सम्बन्धित समाचार